प्रधानमन्त्री छेङ्दुमा, भोलि फर्कने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार बेलुका छेङ्दु पुगेका छन् ।

चिनियाँ राष्ट्रपति सि चीनफिङसँग सोमबार अपराह्न भएको भेटवार्तापछि प्रधानमन्त्री दाहाल पश्चिम चीनको गेट वेका रुपमा रहेको छेङ्दु पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल छेङ्दुबाट मङ्गलबार ल्हासा आउनेछन् । ल्हासामा चीनको स्वशासित क्षेत्र तिब्बतका सरकार प्रमुख तथा उच्च सरकारी अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए ।

ल्हासाबाट प्रधानमन्त्री दाहाल बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।