मोर्चाको साझा धारणा भोलि आउने

संविधानका विवादित विषयमा साझा धारणा बनाउने प्रयासस्वरुप एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले मोर्चाका घटक दलहरुसँग सुझाव लिन शुरु गरेको छ । माघ ८ मा संविधानको पहिलो मस्यौदा मात्रै भएपनि जारी गर्ने विषयमा दलहरुबीच छलफल चलिरहँदा मोर्चाले पनि विवादित विषयमा साझा धारणा बनाउने प्रयास गरेको हो ।
विवादित विषयमा सहमति खोज्न मोर्चाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नौ सदस्यीय समन्वय समिति गठन गरेको थियो । सोही, समितिबाट छलफल अघि बढाइएको र भोलिसम्ममा साझा धारणा सार्वजनिक गर्ने मोर्चाले जनाएको छ ।