सरकारको काम प्रभावकारी नभएको एमाओवादीको निष्कर्ष

prachandaकाठमाडौं- एकीकृत माओवादीले सरकारको काम प्रभावकारी नभएको निष्कर्ष निकालेको छ ।

एमाओवादी स्थायी कमिटीको बैठकमा नेताहरुले सरकार र एमाओवादीबाट मन्त्रीभएकाहरुले जनताको चाहना बमोजिम काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनीहरुबीच सरकाबाट बाहिरीने वा यहि सरकारलाई निरन्तरता दिने भन्ने बिषयमा विवाद भएको थियो । केहि नेताहरुले सरकारले कालोबजारी रोक्न नसकेको भ्रष्टचार बढेको र जनताको काम गर्न नसकेकोमा असन्तुष्टि जनाएका थिए ।

बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारको कामकारवाहिलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताए । उनले पार्टीका गतिविधिलाई थप गतिशिल बनाउने बिषयमा पनि छलफल भएको बताए । बैंठकमा अधिकाशं नेताहरुले जनतामा निराशा बढ्दै गएको र सरकारका कारणले पार्टीलाई बद्नाम भएको भन्दै सरकारबाट फिर्ता हुन सुझाव दिएका थिए ।

नेताहरुको धारणा राख्ने क्रम जारी रहेकाले बैठक बिहीबार बिहान पुनः बस्ने छ ।