
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नाका नखुले भारत भ्रमणमा नजाने घोषणा गरेका छन् । अवस्था सामान्य नभए भारत भ्रमणमा नजाने उनले बताए ।
मंगलबार बालुवाटारमा सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी अघोषित रुपमै हट्ने बताए । घोषित रुपमा नाकाबन्दी नभएको भन्दै उनले भने, ‘आफैं भएको हो, आफैं खुल्छ ।’ कहिले खुल्छ भन्ने प्रश्नमा उनले १-२ दिनमा नै खुल्ने बताए । यसअघि पनि प्रधानमन्त्री ओलीले पटक पटक नाकाबन्दी खुल्छ भनेका थिए । आफू विश्वास गर्ने मान्छे भएको भन्दै उनले कहिले काँही विश्वासमा धोका भएको बताए ।
प्रधानमन्त्री ओलीले नाका नखुले भारत भ्रमणमा नजाने संकेत गरे । उनले भने-अवस्था समान्य नभए भ्रमणमा जानु बान्छनिय हुँदैन ।’ प्रधानमन्त्री ओली फेब्रुअरी दोस्रो साता भारत भ्रमणमा जाने तयारीमा छन् ।






