नाकाबन्दी केही दिनमै खुल्छ : दाहाल

prachandaहेटौंडा- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनैपनि विदेशी शक्तिसँग नझुकी पहिलोपटक नेपालमा संविधान जारी भएकाले नाकाबन्दीलगायतका चुनौती सामना गर्नुपरेको बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको ४९औं साधरणसभामा शनिबार हेडौंडामा बोल्दै अध्यक्ष दाहालले अब केही दिनमै नाकाबन्दी खुल्ने दाबी गरे ।

नाकाबन्दी खुलाउन देशलाई घात हुने कुनै सम्झौता नगरिने भन्दै उनले संविधान संशोधन प्रस्ताव पारित भएसँगै मधेसी दलको आन्दोलन पनि सकिने जिकिर गरे ।

उनले अब मुलुकले विस्तारै नयाँ गति लिने र सुन्दर नेपाल निर्माण अभियान सुरु गर्नुपर्ने पनि बताए ।