नेपालमा भूकम्पको झटकाले सर्वसाधारण घर बाहिर

earth

काठमाडौं, माघ ८ । मध्यराती भूकम्पको लामो झटका महशुस भएको छ । राती एक बजेर ८ मिनेट जाँदा एक्कासी कम्पन शुरुभएपछि राजधानीवासी ब्यँुझिएका छन् ।

काठमाडौं : ७ दिनको अन्तरपछि आज बिहान १ बजेर ८  मिनेट जाँदा काठमाडौंमा भूकम्पको झट्का महसुस भएको छ। मस्त निन्द्रामा रहेका बेला काठमाडौंवासीले कम्पन महसुस गरेका हुन्।

गोरखा केन्द्र बनाई ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। जनबरी १५, २०१६ पछि आज बिहानमात्रै परकम्पको महसुस भएको हो।

प्रविधि केन्द्रले छिटो सूचना जारी नगर्दा भूकम्पको तीब्रताको अनुमान गर्दै ५ रेक्टर स्केलभन्दा माथि हुनसक्ने अनुमानसहित सामाजिक सञ्जालमा धेरैले लेखेका थिए । भूकम्पको कम्पन १० सेकेण्डजति लामो रहेकोले पनि ठूलो भूकम्प आएको भन्दै त्रास फैलिएको थियो ।