युवासंघको कार्यक्रम बिथोल्न खोज्दा हिंसात्मक झडप, तीनको मृत्यु

Rangali-Deathकाठमाडौं- मोरङको रंगेलीमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागी रंगेली ४ की ६० बर्षीय द्रौपतीदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेवको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तोयम रायले जानकारी दिनुभयो ।

एमाले निकट युवा संघले रंगेलीमा आयोजना गरेको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी मोचार्का कार्यकर्ताले बिथोल्ने प्रयास गरेपछि प्रहरीसँग झडप हुदा फायरिङ भएको हो ।

गोली लागेर अन्य ५ जना घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अहिले रंगेली र डाइनिया क्षेत्र तनावग्रस्त छ ।