सभापतिमा फेरि कोइराला हुनुपर्छ : डा रिजाल

minendra rijalचितवन- नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले आसन्न काँग्रेसको महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ६६ वर्षअघि बिपी कोइरालाले गर्नुभएको जनताको प्रतिनिधिमार्फत संविधान बनाउने सङ्कल्प सुशील कोइरालाले पूरा गरेको बताउनुभयो ।

कतिपय काम सम्पन्न नभएका होलान् काँग्रेसलाई पहिलो ठूलो पार्टी बनाउन कोइराला सफल भएको उहाँकै शालीनताकै कारण दोस्रो संविधानसभाले संविधान बनाउन सकेको डा रिजालले बताउनुभयो ।

उहाँले अहिले सरकार परिवर्तन गर्ने समय नभएको बताउँदै प्रमुख विपक्षी दलको हिसाबले काँग्रेसले सरकारलाई सुझाव र सहयोग गर्ने स्पष्ट गर्नुभयो ।
मधेस र मधेस आन्दोलनका विषयमा हेर्ने दृष्टिकोण एमालेसँग नमिलेकै कारण सरकारमा काँग्रेस नगएको भन्दै उहाँले विषयवस्तुलाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।