काठमाडौँ- प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रहरी कर्मचारीले फोनबाटै आफ्ना समस्या र पिरमर्का व्यक्त गरेका छन् ।
विकट क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीलाई लक्ष्य गरी प्रहरी प्रधान कार्यालयमा फोनमार्फत प्रत्यक्ष सम्पर्क गरी पिरमर्का तथा गुनासा सुन्नका लागि समय तोकिएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक कमलसिंह बमले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी कर्मचारीले प्रहरी महानिरीक्षकसँग घरपायक सरुवा मिलान, , बिरामी तथा असक्तलाई पायक पर्ने ठाउँमा काज मिलान हुनुपर्नेजस्ता गुनासो एवम् समस्या राखेका थिए ।
कर्मचारीको गुनासोप्रति प्रहरी महानिरीक्षक अर्यालले विभागीय नीतिअनुरुप सरुवा बढुवालगायत अन्य जायज गुनासाको सम्बोधन गरी कार्यान्वयन गर्न सम्बन्धित विभागलाई तत्काल निर्देशन दिइने जवाफ दिनुभएको थियो । ।






