नागरिक आवाज
रिडी,पौष३०
गुल्मी जिल्ला समाज युके को सहयोगमा स्थापना गरीएको रिडी बजार सुचना सन्जालको हिजो बाट परिक्षण प्रसारण आरम्भ भएको छ्। गुल्मी घर भइ बेलायत मा बसो बास गर्दै आएका गुल्मेलेहरुको सामाजिक संस्था![ridi-bazar-gulmi-suchana-1024x307[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/ridi-bazar-gulmi-suchana-1024x3071-1024x307.jpg)
गुल्मी जिल्ला समाज युकेको करीब ४ लाख रुपैयाको सहयोगमा स्थापना गरीएको यो सन्जाल सम्भव त नेपालमै पहिलो मानीएको छ्। संजाल रिडी बजारको १० मुख्य स्थानहरुमा २० वटा माइकहरु राखी सन्चालन गरीएको छ्।
यो सन्जाल मार्फत रिडी बजार क्षेत्रमा महत्वोपूर्ण सुचनाहरु सम्प्रेस गरी रिडी बासी लाई सुचित गराउने लक्ष राखीएको छ्। रिडीको बसपार्क देखी बिष्णु पञ्जर, र पिपल टारी देखी ऋशीकेश मन्दिर सम्म माइक राखीएको छ्। ति माइकहरु लाई तार मार्फत एउटै सन्जाल बनाइ सुचना प्रवाह गर्ने गरी सन्जालको स्थापना गरीएको छ्।
हाल परीक्षण प्रसारणमा रहेको यो सन्जाल मार्फत रिडी मेलाको लागि अत्याबश्यकिय सुचनाहरु प्रवाह गरिदै आएको छ्। गुल्मी उद्योग बाणिज्य संघ,रिडी शाखाले यसको संचालन तथा सम्रक्षण गरी रहेको छ्।






