लिस्वन, तमुहरुको राष्ट्रिय पर्व तमु राष्ट्रिय ल्होसार २०१६ राजधानी लिस्बोनमा एक भब्य कार्यक्रम सहित सम्पन्न भएको छ ।
तमु समाज पोर्तुगल द्वारा आयोजित उक्त प्रल्होसार कार्यक्रमका प्रमुख कलाकार लोक पप गायक खेम राज गुरुङ को साथमा पोर्तुगलका स्थानीय कलाकारहरुको संयुक्त प्रस्तुति सहित सम्पन्न सो ल्होसार कार्यक्रम राजधानी लिस्बोन स्थित अतेनेउस सभा हलमा सम्पन्न भएको थियो ।
उक्त ल्होसार कार्यक्रम नेपाली महाबणिज्य दुत श्री मकर बहादुर हमाल ,गैह्र आवासीय नेपाली संघ ,अन्तररास्ट्रिय समन्वय परिषद सदस्य श्री रमेश कुमार गुरुङ तथा तमु समाज पोर्तुगलका अध्यक्ष श्री राज कुमार गुरुङ त्रय द्वारा संयुक्त रुपमा उद्घाटन गरि विधिवत सुरु गरिएको प्रल्होसार कार्यक्रमको पहिलो चरण अन्तर्गत औपचारिक कार्यक्रमका संचालक श्री प्रितम गुरुङ थिए भने सम्पुर्ण अतिथि लगायत पाहुना गणहरुलाई समाजका तर्फबाट श्री बेल गुरुङ ले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुद्वारा ल्होसार
अबसरमा शुभकामना प्रदान गरिएको थियो ।गैह्र आवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष श्री भिम केसी ,नेपाली आदिवासी जनजाती महसंघ पोर्तुगलका महासचिव योगेन्द्र मिलन छन्त्याल , नेपाली जनप्रगतिशिल मंचका राममणि रिजाल , जनसम्पर्क समिति युरोपका कार्यबाहक अध्यक्ष श्री पूर्णबहादुर हमाल ,आदिवासी जनजाती तथा महिला अधिकार कर्मी श्रीमती डा. ज्योति तुलाधर आदि व्यक्तिहरुले शुभकमना दिनु भएको थियो ।
बिभिन्न खानाको परिकार सहित नाच गान गरि सम्पन्न भएको सो प्रल्होसार कार्यक्रमका प्रमुख अतिथि पोर्तुगलका लागी नेपाली महा-बाणिज्य दुत श्री मकर बहादुर हमाल रहनु भएको थियो भने सभापतित्वो समाजका अध्यक्ष श्री राज कुमार गुरुङले गर्नु भएको थियो ।
कार्यक्रमको पहिलो चरण अन्तर्गत नेपाली राष्ट्रिय गान तथा तमु रास्ट्रीय गान सहित सुरु भएको थियो भने अन्त्य कार्यक्रमका सभापति श्री राज कुमार गुरुङले गर्नु भएको थियो ।
पहिलो चरणको औपचारिक कार्यक्रम समापन संगै दोस्रो चरणको सास्कृतिक कार्यक्रम लाई निरन्तरता दिनको लागी संचालक द्वय श्री कमल गुरुङ तथा श्रीमती पुर्णिमा गुरुङ को उपस्थितिले दर्शक दीर्घामा निक्कै उत्साह थपेको थियो ।
स्थानीय कलाकारहरु को बेजोड प्रस्तुति नृत्य सहित सुरु भएको सास्कृतिक कार्यक्रमकी पहिलो आकर्षण ५ वर्षीय डिमु आलेमगर रहिन उनको जल्वाको पानि उवाई——-बोलको गीतमा उनको उत्कृस्ट कला देखाई दर्शक दीर्घामा निक्की उत्साह सृजना गरेकी थिइन् ।
संगै अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति संगै बरिस्ठ गायक कह्म राज गुरुङ ले दर्जनौ नया तथा पुराना गीत प्रस्तुत गरेर दर्शकहरुलाई नाचायाका थिए भने नया कलाकारहरु मध्य बाबुराम भुषालको पहिलो प्रस्तुतिको रुपमा आफ्नै गीत “ब्रुसेल्समा जादा देखेथे — पेरिसमा जादा भेटेथे “बोलको गीतमार्फत दर्शकहरुमा रौनक थपेका थिए भने राजन गुरुङ उर्फ पिस गुरुङ ,पिएस गुरुङ आदिले आफ्नो कला प्रस्तुत गरेका थिए ।
तमु ल्होसारको प्लेटफार्म सधै जसो नया तथा पुराना कलाकारहरुलाई आफ्नो कलाकारिता प्रस्फुटन गराउन मद्दत गर्ने स्थलको रुपमा प्रयोग र हौसला प्रदान गर्दै आएको हुनाले यो पटक पनि नया तथा पुराना कलाकारहरु लाई प्राथमिकता दिइएको समाजका अध्यक्ष तथा प्रल्होसार मूल आयोजक समितिका संयोजक श्री राजकुमार गुरुङले बताउनु भयो ।
करिव ४०० भन्दा बढी को संख्यामा उपस्थित रहेका तमु तथा गैह्र तमु सम्पुर्ण पोर्तुगलावासी नेपाली समुदायहरुले निक्कै रोचक साथ् सो प्रल्होसार सफल परेका थिए ।अपरान्ह ३ बजे देखि सुरु भएको कार्यक्रम बेलुका ११ बजे सम्म चलेको थियो भने खेम राज गुरुङको “वारि जमुना परि जमुना —“बोलको गीतमा सम्पुर्ण उपस्थित मानिसहरुमा रौनकता छाएको थियो । साभार तपाईको आवाज






