दिनेश कुमार परियार
लण्डन
नेपालको भूकम्प पिडित गाउको पुन निर्माण गर्ने उदेश्यले लण्डनमा कोशिस प्रोजेक्ट सुरु भएको छ । मिस तिन, मास्टर एण्ड मिस लिटल नेपाल यूके टिमले संयुक्त रुपमा कोशिश प्रोजेक्ट शुरु गरेको हो । लण्डन फेशन हाउस र क्लिकटुरिच लिमिटेडले गरेको आइतबार लण्डनको ह्यारो स्थित गोल्डेन सिपमा भएको मास्टर एण्ड मिस लिटल नेपाल यूके नाइट कार्यक्रममा सो प्रोजेक्टको उद्घाटन गरिएको हो ।![DSC00017[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/DSC000171.jpeg)
![DSC00017[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/DSC000171.jpeg)
मास्टर एण्ड मिस लिटल नेपाल यूके २०१३ का बिजेता र सहभागीहरुको संयुक्त संलग्नतामा कोशिश प्रोजेक्टको सुरुवात गर्दै निर्देशिका मनिषा डंगोल श्रेष्ठले आफुले आफ्नो छोरा र छोरीको जन्म दिनको अवसरमा बचेको रकमबाट भुकम्प पिडितहरुको लागि पुन निर्माण कोशिस गरेकी हुन् । मिस टिन, मास्टर एण्ड मिस लिटल नेपाल यूके टिमले एउटा घरको पुन निर्माण कार्यबाट कोशिस प्रोजेक्ट शुरु गर्ने जानकारी दिदै उनले भनिन-” टिमलाइ घर बनौन पुन निर्माणमा साथ दिन धनी हुन्छु र गर्छु भनेर कुर्न जरुरी छैन,हामी सबैले आफ्नो गच्छे अनुसार सहयोग गर्दै जाने हो जसले गर्दा आबस्यक परेको समुदायले अहिले नै राहत महसुश गरोस । ”
शुरुमा नुवाकोटमा रहेको एउटा गाउमा हाम्रो टिमले घर बनाउने र पछि एउटा घर मात्रै नभएर त्यो छेत्रको बिकासमा सहयोग थप जानकारी पुर्याउने जानकारी दिदै उनले भनिन-” सबैले आ आफ्नो तर्फ़ बाट योगदान दिदै गरिरहेको बेला हाम्रा भाबी सन्ततिहरुले पनि आफ्नो तर्फबाट योगदान दिएर उनीहरुको प्रत्यक्ष संलग्नतामा सहयोग पुर्याउनु हाम्रो उदेश्य हो । ”
नेपालमा बैसाख १२ मा भुकम्प गएको भुकम्पको बेला गाउमै गएर आफुले सहयोग गरेको सम्झिदै उनले यहाबाट स्पोन्सर गर्ने बालबालिकाहरुकै नामबाट नेपालमा घर बनाउने जानकारी दिईन साथै कोशिसमा सहयोग गर्न बेलायतबासी समुदाय सामु आह्वान गरिन ।
कार्यक्रममा क्लिकटुरिच लिमिटेडका निर्देशक दिनेश कुमार परियारले भावी पुस्तामा नेपाली भाषा साहित्य र कलाको हस्तान्तरण गर्दा बेलायतमा नेपाली पन जोगाइरहन सहयोग मिल्ने जिकिर गरे ।
नेपलिज ब्रिटिश कम्मुनिटीका संयोजक कमल राज खनाल, कलाकार तथा समाजसेवी मनिष श्रेष्ठ , भिजन संसारका सनम कुमार बैराग लगायतले कार्यक्रमले नेपाली बालबालिकाहरुको प्रतिभा उजागर गर्न सहयोग गरेको बताए । कार्यक्रममा उनीहरु सबैलाई आयोजकका तर्फबाट सम्मान स्वरूप कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम अन्त राष्ट्रिय कलाकार संघ(इनास-यूके) का संरक्षक मनिष श्रेष्ठ, संचारकर्मी बिमला सेने , उद्दमी देब गुरुङ , अमिर श्रेष्ठ, रेडियो राहिनोका संचालक द्वय रुपेश सिलवाल र अम्बिका छेत्री, एनबिसीका पूर्व संयोजक गंगा राना , पूर्व मिस यूके नेपाल दुर्गा गुरुङ , समाजसेवी पशुपति भण्डारी लगायत पहिलो मिस टीन मास्टर एण्ड मिस लिटल नेपाल यूके २०१३ मा सहयोग पुर्याउने सबैलाई सम्मान स्वरूप कदरपत्र प्रदान गरिएको थियो ।
यसै गरि कार्यक्रमको प्रचार प्रसार गरि सहयोग पुर्याउने अनलाइनखबरडटकम, रेडियो राहिनो , वीनेपाली, लण्डननेपालडटकम, नेपालब्रिटेनडटकम, यूरोपको नेपालीपत्र, गुर्खा च्यानल , मेरोयूकेडटकम, हिमालयन मैल , एभरेस्ट टाइम्स र भिजन संसारलाई धन्यवाद प्रदान गरियो ।
लण्डन फेशन हाउसले क्लिकटुरिच लिमिटेडको सहकार्यमा सो कार्यक्रमको आयोजना गरेको हो । आयोजक लण्डन फेशन हाउसकी निर्देशिका मनिषा डंगोल श्रेष्ठले सन् २०१६ को जूनमा द्वितीय मिस टीन मास्टर / मिस लिटल नेपाल यूके प्रतियोगिता आयोजना गरिने जानकारी दिईन । प्रतियोगिताको लागि लण्डन , अल्डरशट र प्लमस्टीडमा मार्चको अन्तिम साता देखि नै अडिसन शुरू गरिनेछ । निर्देशिका श्रेष्ठले अनुसार धेरै भन्दा धेरै सहभागीहरुलाई संलग्न गराउन समुदायको सहयोग भएमा बेलायतका अरु स्थानमा पनि अडिसन गर्न सकिने बताईन । कार्यक्रम पूर्व मिस यूके नेपाल दुर्गा गुरुङले संचालन गरेकी थिईन ।![DSC00167[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/DSC001671.jpeg)
![DSC00167[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/DSC001671.jpeg)







