लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले आइतबार इम्पाएर हाउस अल्डरसटमा नवनियुक्त एनआरएन युकेका सल्लाहकारहरुको स्वागत गर्नुका साथै बेलायतमा नेपाल हाउस बनाउने बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा मनोनित भएका १७३ भन्दा बढी सल्लाहकारहरु मध्ये उपस्थित रहेका सल्लाहकारलाई प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री र अध्यक्ष मुछेत्र गुरुङले खादा तथा प्रमाणपत्रले सम्मान गरेका थिए ।
कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले एनआरएन यूकेले ल्याएको नेपाली घरको अवधारण सान्दर्भिक रहेको बताए । उनले घर निर्माणको सफलताको शुभकामना दिए ।
एनआरएन युकेका उपाध्यक्ष राष्ट्र राईले हेल्थ एण्ड सेफþ्टी ब्रिफ्रिङ गरेको उक्त कार्यक्रममा हिराधन राईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा सुष्मा राईले शुभकामना दिएकी थिइन भने एनआरएन युकेका महासचिव विजय लिङदेन कार्यक्रम सञ्चालन गरेका थिए । गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यले एनआरएन भवन बनाउन च्यारिटी र ब्यवसायिक गरी दुई प्रकारको भवन बन्न सक्ने अवधारण अघि सारे ।
लण्डनमा नेपाल हाउस बनाउन लागेका अध्यक्ष गुरुङ, उपाध्यक्ष योगकुमार फगामी र अर्जुन कटुवाले नेपाल हाउसको आवश्यकता, आर्थिक सहयोग र निर्माणपछिको ब्यवस्थापनका बारेमा पावर प्वाइन्ट प्रिजेन्टेशन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एनआरएन आइसीसीका कानुनी सल्लाहकार लोकभक्त राणा, सल्लाहकार विश्व आदर्श पण्डित, तमुधिं युके अध्यक्ष रामचन्द्र गुरुङ, मगर संघ अध्यक्ष दुत पुन, एनआरएन पूर्व अध्यक्ष एवं युरोप कोअर्डीनेटर कुल आचार्य, संरक्षक एवं पूर्व अध्यक्ष डम्मर घले, संरक्षक एवं पूर्व अध्यक्ष सुर्य गुरुङ लगायत संघसंस्थाका बरिष्ठ ब्यक्तिहरु, एनआरएनएका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
औपचारिक कार्यक्रमपछि सांस्कृतिक कार्यक्रम पनि भएकाले सहभागीहरुले भरपुर मनोरञ्जन समेत लिएका थिए ।







