बेलायत सरकारले अध्यागमन,नयां भिजा र नागरिकताको लागि आवेदन शुल्क बढाउने प्रस्ताव गरेको छ ।
बेलायती गृह मन्त्रालय अन्तर्गत यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले जनवरी ११ २०१६ मा प्रकाशित गरेको सूचनामा यस्तो प्रस्ताव गरिएको हो ।
प्रमुख परिवर्तनमा भिजिट, अध्ययन र वर्क भिजामा दुई प्रतिशत वृद्धि गरिएको छ भने सेटलमेन्ट, रेसिडेन्स र नागरिकता आवेदनमा सन् २०१६, ०१७ का लागि २५ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव अघि बढाईएको छ ।
विशेष गरि प्रिमियम सर्भिस् जस्तो द्रुत सेवा (प्रायोरोटी भिजा सर्भिस्) का सेवाग्राहीलाई लक्षित गरि शुल्क वृद्धिको प्रस्ताव गरिएको हो । नयां कानुनले वृहत वर्गीकरणका आवेदनमा होम अफिसले आउंदो ४ वर्षसम्म लिन सक्ने शुल्क निर्धारण गर्नेछ ।
सरकारले यस वृद्धिले सिमा, अध्यागमन र नागरिकता प्रणालीमा करदातालाई भार कम पर्न जाने विश्वास गरेको छ भने संसदमा यसै वर्षको अप्रिलमा शुल्क वृद्धि सम्वन्धि कानुन पारित गर्ने तयारी रहेको जनाएको छ ।







