शिब भण्डारी
लन्डन । आज २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। विभिन्न कार्यक्रम गरी जनस्तरमा मनाइँदैछ।
लोकतन्त्रको स्थापनापछि गठन भएको तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वी जयन्ती नमनाउने निर्णय गरेर सार्वजनिक विदा कटौटी गरेपनि जनस्तरमा भने मनाउने गरिन्छ।
नेपालमा हाल पृथ्वी जन्मजयन्ति र एकता दिवस मनाउनु पर्छ भनेर चर्को वहस चलेको छ । यद्यपि, नेपाल सरकारले यसको आधिकारिक घोषणा गर्न भने सकेको छैन् । आशा गरौं पौष २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाउन सरकारले राष्ट्रिय दिवसको रुपमा घोषणा गर्ने छ ![12510689_1193955187315867_1538541219_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12510689_1193955187315867_1538541219_o1-1024x577.jpg)
तस्बिर: जेनी भट्टराई
लन्डनमा राष्ट्रवादी संगठन बेलायतले राष्ट्र निर्माता वडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाहको २९४ औं पृथ्वी जन्मजयन्ति भव्यताका साथ जनवरी ११ तारिख (पुस २७ गते) सोमबार लन्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्ट सभाहलमा कार्यक्रम गरेको हो ।
समाजसेवी डा. राघवप्रसाद धिताल (ओविइ) को प्रमुख आतिथ्यमा कार्यक्रम भइरहेको छ । कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुंग, समाजसेवीहरु विकलचन्द्र आचार्य, रोशन सापकोटा, यति नेपलिज एसासिएसन अध्यक्ष उमेशराज मोक्तान, भिम बानिया, क्याप्टेन रणध्वज राना, वाचस्पति रेग्मी, भक्तबहादुर शाही, विजय थापा, हरि थापा, सुरेशजंग शाह, महेश रेग्मी लगायतको सहभागिता छ ।
कार्यक्रम कोसेलीका संस्थापक मदन थापा र वसन्त राय क्षेत्रीले मंगल धुन प्रस्तुत गरेपछि राष्ट निर्माताको तस्विरमा माल्यार्पण गरिएको थियो ।
लन्डनमा पृथ्वी जयन्ती मनाउने अभियान शुरु गरेका अभियन्ता नारायण अधिकारीले सन्चालन गरेको उक्त कार्यक्रमको
अध्यक्षता संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले गरेका छन्। स्वागत मन्तव्य रमेश लामाले दिए ।
![1441_1544650815855633_248245768772055370_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/1441_1544650815855633_248245768772055370_n1.jpg)
![10157368_1544650545855660_5801714545026309658_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/10157368_1544650545855660_5801714545026309658_n1.jpg)
![12509173_1544650865855628_3091894190255368339_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12509173_1544650865855628_3091894190255368339_n1.jpg)
![12549136_1544650595855655_7322231057139551009_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12549136_1544650595855655_7322231057139551009_n1.jpg)
![12512606_1544641939189854_6259784969427485468_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12512606_1544641939189854_6259784969427485468_n1.jpg)
![12510374_1544642102523171_5565276471808320342_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12510374_1544642102523171_5565276471808320342_n1.jpg)






