अर्जेन्टिना- अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति माउरिसियो म्याक्रीको आफ्नो छोरीलाई खेलाउने क्रममा करङ भाँच्चिएको छ ।
उहाँलाई केही दिन घरमै आराम गर्ने सल्लाह दिइएको उहाँको कार्यालयले बताएको छ ।
छोरीसँग खेल्ने क्रममा राष्ट्रपति म्याक्री लड्नुभएको र उक्त घटनामा ५६ वर्षीय राष्ट्रपतिको करङ भाँच्चिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।






