दल-मोर्चा वार्ता सकारात्मक मोडतिर

congress morchaकाठमाडौं- संविधान निर्माणमा प्रमुख भूमिका निर्वाह गरेका प्रमुख तीन दल र आन्दोलनर मधेसी मोर्चाले गठन गरेको कार्यदलबीच राजनीतिक संयन्त्रमार्फत सीमकंनमा देखिएको विवाद टुंग्याउने विषयमा छलफल भएको छ।

बिहीबार सिंहदरबारमा बसेको द्विपक्षीय कार्यदलको बैठकमा तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत सीमाकंनलगायतका विषमया सहमति खोज्ने विषयमा छलफल भएको थियो। तीन दलीय कार्यदलले राजनीतिक संयन्त्रमार्फत तीन महिनाभित्र सीमाकंनमा देखिएको समस्या समाधान गर्ने प्रस्ताव गरेको थियो।

तर, मोर्चाले गठन गरेको कार्यदलले भने राजनीतिक संयन्त्रको क्षेत्राधिकार र संयन्त्रले विवाद टुंग्याउने सुनिश्चितता खोजेको नेताहरुले बताएका छन्। मोर्चाले संयन्त्रको क्षेत्राधिकार र तीन महिनाभित्र विवाद टुंग्याउने सुनिश्चितता खोजेको तीन दलीय कार्यदल सदस्य महेश आचार्यले जानकारी दिए।

मोर्चाकातर्फबाट कार्यदल सदस्य हृदयेश त्रिपाठीले राजनीतिक संयन्त्रमार्फत समस्याको समाधान गर्न आफूहरु सकारात्मक रहेको तर संयन्त्रको क्षेत्राधिकार र संयन्त्रले समस्या समाधान गर्ने सुनिश्चिता आफूहरुले खोजेको बताए।

दुवै कार्यदलबीच बिहीबार नै अर्को बैठक बस्ने भएको छ।