काठमाडौं– सर्वोच्च अदालतले एमाओवादीका पूर्व सांसद बालकृष्ण ढुंगेललाई आममाफी दिन नमिल्ने फैसला सुनाएको छ । यसअघि सर्वोच्चको फैसला विपरीत बाबुराम भट्टराई नेतृत्वको सरकारले ढुंगेललाई आममाफी दिने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णय खारेजीको माग गर्दै सावित्री श्रेष्ठले सर्वोच्चमा रिट हालेकी थिइन् । सर्वोच्चमा रहेको संवैधानिक इजलाशले श्रेष्ठले दिएको रिट जारी गरेको हो । सर्वोच्चले ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा माओवादी नेता ढुंगेललाई सर्वस्व सहितको जन्मकैद सुनाएको थियो । रिटकर्ता मृतककी दिदी हुन् ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले बिहीबार उक्त रिट जारी गरेको हो ।






