
काठमाडौं- ‘वातावरणमैत्री राष्ट्रिय अभियान’अन्तर्गत् बुधबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई वातावरणमैत्री साइकल प्रदान गरिएको छ ।
कोइराला निवास महाराजगन्जमा बुधबार जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले साइकल हस्तान्तरण गरेका हुन् । पूर्वप्रधानमन्त्री कोइरालाले केहीबेर साइकल चढेर अभियानमा सहभागिता जनाएका थिए ।
‘थोपा थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौं’ नाराकासाथ मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दै आएको छ ।
यसअघि, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रालयले साइकल प्रदान गरेको थियो ।






