उत्तरी इङ्ग्ल्यान्डका बाढी प्रभावित समुदायलाई आपतकालीन सहयोगको घोषणा

floodलन्डन (बेलायत)- बेलायती यातायात मन्त्रालयले बाढी प्रभावित क्षेत्रको बाटो मर्मतका लागि छ करोड अमेरिकी डलरको आतकालीन कोषको घोषणा गरेको छ ।

केही समय अघि उत्तरी इङ्ग्ल्यान्डमा भएको मसुलधारे वर्षापछिको बाढी तथा डुबानका कारण उक्त क्षेत्रमा यातायात मार्ग तथा मानववस्तीमा ठूलो क्षति भएको छ ।

बाढीका कारण हजारौँ मानिसलाई उनीहरुका घरबाट अन्यत्र सुरक्षित स्थलमा सारिएको छ ।

बाढीले केन्द्रसँग सम्पर्क गराउने उडक ठाउँठाउँमा भत्किएका छन् । बाढीपछि उर्लिएर आएका नदी तथा खहरे खोलाहरुले पुल तथा अन्य संरचनासमेत बगाएको छ ।

यातायातमन्त्री प्याट्रिक म्याग्लफलिनले सरकारले छिट्टै आपतकालीन सहयोगलाई पीडितमाझ पु¥याउने बताउनुभयो ।