सरकारको विकल्प खोज्ने बेला भएको छैन : सिटौला

krishna sitaula

चितवन- कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयन र भूकम्प प्रभावितका लागि काम गर्नुपर्ने बेला भएकाले सरकारको विकल्प खोज्नेतर्फ लाग्न नहुने बताउनुभयो ।

कांग्रेस अहिले सत्ताको खेलमा प्रवेश नगर्ने उल्लेख गर्दै महामन्त्री सिटौलाले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रियसभा हुँदै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म पहिलो चरणमा संविधानको कार्यान्वयन हुन नसक्ने भन्दै उहाँले यी सबै काम गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो ।