लन्डन– बेलायतमा रहेका नेपालीहरुको संस्था ‘ब्रिटिस गोर्खा नेपाली परिषद’ले नेपालका चर्चित कलाकारको उपस्थितिमा लण्डनमा भब्य समारोहका बीच ‘गोर्खा कल्चरल नाइट’ आयोजना गर्ने भएको छ ।
कल्चरल नाइटमा कलाकारहरु इन्दिरा जोशीसंगै निर्देशक गोविन्द राईले पनि सहभागिता जनाउने निश्चित भइसकेको परिषदका अध्यक्ष एकराज नेम्बाङले जानकारी दिए । नेपालबाट आउने दुई कलाकार र स्थानीय कलाकारहरुको सहभागितामा कार्यक्रम हुनेछ ।
लन्डनका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा आउने भनिएकी गायिका ज्योति मगरलाई बेलायती दूतावासले भिसा नदिएपछि उनको सट्टामा गयिका इन्दिरा जोशीले चान्स पाएकी हुन् ।
गोर्खा कल्चरल नाइटको पहिलो कार्यक्रम जनवरी २ मा फार्नब्रोमा हुनेछ भने त्यसपछि जनवरी ३ मा वेल्स, ८ मा कोलचेस्टर, ९ मा रेडिंग र १० मा ग्रेसमा ,१६ मा आसफोर्ड, १७ मा विन्चेस्टर, २३ मा स्वीण्डन, २४ मा लण्डन, २९ मा ननिटन , ३० मा बेजिंगस्टोक र ३१ मा क्याटरिकमा कार्यक्रम तय भएका छन ।
कार्यक्रमबाट संकलित रकम नेपालको सामाजिक क्षेत्रमा लगानी गरिने छ । परिषदले नेपाल च्याप्टर गठन कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । काठमाडौंमा भब्य समारोह बीच नेपाल च्याप्टरको समुदघाटन गरिने अध्यक्ष नेम्बाङले जानकारी दिए ।







