बेलायतले सिरियामा हवाई हमला गर्ने (भिडियो सहित)

plane1

लण्डन । आतङ्कवाद विरुद्धको लडाईं सफलताका लागि आइएस समूहको प्रभाव क्षेत्र मानिएको सिरियामा आक्रमण गर्नुपर्छ भन्दै बेलायतले हवाई हमला थाल्नका लागि सरकारले अघि सारेको प्रस्तावलाई यहांको संसदले पारित गरेको छ ।

बुधबार राती हाउस अफ कमन्समा भएको मतदानमा प्रस्तावको पक्षमा ३ सय ९७ सांसदले मतदान गरे भने विपक्षमा २ सय २३ सांसदको मत खस्यो ।

ब्रिटेनसहित समस्त युरोप नै यतिखेर आतंकवादको त्रासदीमा छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पेरिस आक्रमण लगत्तै ब्रिटेन पनि आतंकवादको निसानामा रहेको बताएका थिए । बेलायत पनि अहिले उच्च सुरक्षा सतर्कतामा छ ।

हवाई हमलाको प्रस्ताव पारित भएपछि अब बेलायतका सैन्य जहाजहरु केहि घण्टाभित्रै सिरियातर्फ उड्ने बताइएको छ ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भन्नुभयो – “आतङ्कवाद विरुद्धको लडाईं सफलताका लागि आइएस समूहको प्रभाव क्षेत्र मानिएको सिरियामा आक्रमण गर्नुपर्छ ।”