कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका–१ स्थित सरिता खड्काको घरमा आगलागी हुँदा उनका तीनजना छोराछोरीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा सरिताका ११ बर्षीय छोरा अर्जुन, ८ बर्षीय किरण र ५ बर्षीया छोरी प्रिया छन् ।
आगलागीमा सरिता र एक छोरा भने घाइते भएका छन् । राति खाना खाएपछि अंगेनामा आगो ननिभाएकाले आगो सल्किएर घर जलेको प्रहरीको अनुमान छ ।
सरिताका श्रीमान् भने वैदेशिक रोजगारका लागि भारतमा रहेका छन् । आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भएको छ ।






