जरिनलाई सलमान नै चाहियो

zarine khanबलिउडका नायिकाहरुबीच ट्रेन्ड नै चलेको छ जति धेरै बोल्ड सिन, त्यति धेरै चर्चा र सफलता। बलिउडका हरेकजसो नायिका सफलताको शिखर चढ्ने सपनामा शुरुआतकालीन समयमा जतिसक्दो बोल्ड सिन दिने गर्छन्।

जति धेरै बोल्ड सिन दिन सक्यो त्यति धेरै चर्चा त हुन्छ नै, विवाद पनि उत्तिकै हुन्छ। यद्यपि बलिउड नायिकाहरु विवादमा पनि उत्तिकै रमाउँछन्। यस्तै विवाद र चर्चाले माथि लान्छ भन्ने विश्वासले उनीहरुमा जरो गाडेको देखिन्छ।

जरिना खान पनि यसै पंक्तिमा पर्छिन्। उनी जस्तोसुकै बोल्ड सिन दिनका लागि पनि तयार हुन्छिन्। यसको पछिल्लो उदाहरण हो रिलिजको तरखरमा रहेको उनको फिल्म हेट स्टोरी ३।

नेपाली फिल्म सायद, होस्टल र होस्टल रिटर्न्सका निर्माता सुनिल रावलले आफ्नो पहिलो फिल्म सायदको सिक्वेल सायद २ का लागि निर्देशनका लागि पत्याइएका चितवने नेपाली ठिटो पुष्पराज न्यौपानेले सहायक निर्देशन गरेको बलिउड फिल्म हेट स्टोरीको पछिल्लो सिक्वेल हेट स्टोरी ३ मा जरिनाले बोल्डनेसको सीमा नै पार गरिदिएकी छिन्।

बलिउड नायक सलमान खानको खोजका रूपमा उदाएकी जरिनाले सलमानकै साथमा अझ बोल्डमाथि बोल्ड सिन दिन तयार रहेको बताएकी छिन्। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सलमानसँग फिल्म खेल्न पाउने हो भने जस्तोसुकै बोल्ड सिनसमेत दिन आफू तयार रहेको जरिनले बताएकी छिन्।

यद्यपि सलमान यस्ता दृश्यबाट टाढा रहन रुचाउने गर्छन्। बोल्ड सिन त परको कुरा सलमानले आजसम्म कुनै नायिकालाई स्क्रिनमा चुम्बनसमेत गरेका छैनन्। यसैले जरिनाले सनसनी र चर्चाका लागि यस्तो अभिव्यक्ति दिएको हुन सक्ने अनुमान समाचारमा गरिएको छ।