भूकम्पपीडितका लागि जाडो बन्दैछ काल

Nepal-earthquick
काठमाडौं- सिन्धुपाल्चोकका भूकम्पीडितहरुले यसपालिको जाडो काल बनेर आएको बताएका छन् ।

सरकारले समयमै उचित प्रबन्ध नगरे जाडो काट्न नसकिने उनीहरुको भनाइ छ । सिन्धुपाल्चोकमा भएको कार्यक्रममा जिल्लाका भूकम्पपीडितहरुले जाडो सुरु भएसँगै व्यवस्थित तथा सुरक्षित वासस्थानको समस्या भएको भन्दै सरकारबाट जाडोयामलाई मध्यनजर गरी केही सहयोग आउने आशा व्यक्त गरे ।

कार्यक्रममा जिल्लाका प्रहरी प्रमुख विश्व अधिकारीले प्रहरी सबैको साथी भएकाले सुरक्षाको क्षेत्रमा सधैँ जनमानसमा सुरक्षाको महसुस गराउने प्रतिबद्धतना जनाए ।

जिल्लाका १० गाविसमा मोबाइल सिटिजन हेल्प डेस्कले भूकम्पपीडितको अवस्थाबारे डाटा सर्वेक्षण गर्दै आएको थियो । सर्वेक्षणका आधारमा भूकम्पपीडितलाई विभिन्न सङ्घसंस्थाले गरेको काम र सस्ंथाको सहयोगको आश्वासन तथा भ्रम जिल्लावासीमा रहेको हेल्प डेस्कका जिल्ला संयोजक दिनेश थापाले बताए ।

महिला तथा बालबालिका कार्यालयकी प्रतिनिधि नानीमैया बस्नेतले आपत्कालीन अवस्थामा महिला तथा बालबालिकाको सुरक्षाका लागि उद्धार केन्द्रसमेत सञ्चालनमा ल्याएको र दुई हजार ५०० सुत्केरी, गर्भवती तथा वृद्धवृद्धालाई राहतको महसुस हुने गरी राहत सामग्रीसमेत वितरण गरेको जानकारी दिइन् ।