विश्व शारीरिक सुगठनमा नेपाललाई रजत, अहिलेसम्मकै ठूलो उपलब्धि

rujeshकाठमाडौं- थाइल्यान्डको बैंककमा भएको सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका रुजेश शाहीले शुक्रबार रजत पदक जितेका छन् ।

रुजेशले प्रतिस्पर्धा गरेको पुरुषको ५५ केजी तौल समूहमा ९ राष्ट्रका खेलाडीले सहभागिता जनाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् ।

प्रतियोगितामा भारत पहिलो र चीन तेस्रो भयो ।

नेपाली शारीरिक सुगठनको इतिहासमा यो अहिलैसम्मकै ठूलो उपलब्धि हो ।