भारतीय नम्बर प्लेटको गाडीमा आगजनी

Simara_police_bit_fire_387092785

रुपन्देही- रुपन्देहीको बुटवलमा रोकी राखिएको भारतीय नम्बर प्लेटको मिनी ट्रकमा आगजनी भएको छ ।

बुटवलको राजमार्ग चौराहामा शुक्रबार ११ बजेतिर केरा बोकेको यूपि ५६–३०१६०१ नम्बरको मिनी ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ । ट्रक बिहानैदेखि राजमार्ग चौराहामा रोकिएको थियो ।

ट्रकमा कस्ले आगो लगायो भन्ने पूर्णरुपमा खुल्न नसकेको भए पनि नेकपा माओवादीको नेत्रविक्रम चन्द समूहले लगाएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ । आगलागीबाट ट्रकको अगाडिको भाग र टायर जलेको छ ।