प्रधानमन्त्री ओलीको समर्थनमा राप्रपा

kp oli group 1काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुहुने कदमको समर्थन गर्ने निर्णय गरेको छ ।

यहाँ आज बसेको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रम ओलीसमक्ष पदबाट राजीनामा दिने, विश्वासको प्रस्तावको सामना गर्ने अथवा विश्वासको मत लिने तीन विकल्प रहेको भन्दै पार्टीले तीन विकल्पमध्ये जुनसुकै विकल्प प्रम ओलीले लिए पनि पार्टीले साथ दिने निर्णय गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।