मधेस आन्दोलन समाधान वार्ताका माध्यमबाट : गृहमन्त्री बस्नेत

Shakti-basnetकाठमाडौँ- गृहमन्त्री शक्तिबहादुर बस्नेतले तराई मधेस आन्दोलनमा सरकारले आवश्यकताभन्दा बढी संयम एवम् धैर्यता अपनाइरहेको बताएका छन् ।

“आन्दोलनकारीकै गतिविधि र क्रियाकलापमा सरकार उपस्थित हुने गरेको भए धेरै दुःखद स्थिति आउने थियो तर सरकार यस्तो अवस्था आउन दिने पक्षमा छैन,” उनले भने ।

व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा गृहमन्त्री बस्नेतले तराई मधेसको समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सरकारले प्राथमिकता दिएको बताए ।

सो आन्दोलनका क्रममा हालसम्म ३५ जना सर्वसाधारण र ११ सुरक्षाकर्मीको अकालमा निधन भइसकेको छ । हालसम्म ९५० घाइते भएका छन् ।

गृहमन्त्री बस्नेतले सीमामा भित्रिएका मालबाहक गाडीलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउने काममा कुनै अवरोध नभएको स्पष्ट पार्दै अहिले राजमार्ग अवरुद्ध नभएको बताए ।