बारा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं तराई जोड्ने फास्टट्रयाक (दु्रतमार्ग)ले समय दुरी मात्र घटाउने नभई हिमाल पहाड र तराइमधेसका मनहरु जोड्ने ऐतिहासिक काम भएको बताएका छन् ।
बाराको निजगढमा दु्रतमार्गको शिलान्यसपछि आयोजित सभालाई सम्बोधन गर्दै सरकारले सेनालाई दिएको दु्रतमार्ग निर्माण गर्ने जिम्मेरी गौरवको विषय भएको पनि बताए । दु्रतमार्ग निर्माणको काम सेनाका लागि अवसर र चुनौती दुवै भएको भन्दै निर्माणमा गल्ति नर्गन सचेत गराए । उनले भने , ‘ यो काम सम्पन्न गर्नु नेपाली सेनाका लागि अवसर चुनौती दुवै हो, त्यसैले यसमा गल्ति गरियो भने नेपाली सेनाको पृष्ठभुमि र गौरवमा समेत दाग लाग्न सक्छ समयमै गुणस्तरिय काम गर्न सके नेपाली सेना जनताको आँखामा नबिझाउने हुन्छ ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले हामी आफैले गर्न नसक्ने कुरा केही नभएको भन्दै मिलेर अघि बढे विकासमा चमत्कार गर्न सकिने बताए ।
उनले दु्रतमार्ग मधेसी जनताका लागि पनि ठुलो खुशीको कुरा भएको स्मरण गराउदै मधेसविना काठमाडौ सम्भव नहुने धारणा पनि राखे ।
फरक प्रशंगमा प्रचण्डले अहोरात्र खटेर मधेसी जनतालई संविधानको स्वीकार्य गराउने तथा संविधन कार्यन्वयन गराउनेतर्फ आफ्नो पहल जारी रहेका बताए । ‘ऐतिहासिक निर्वाचनमा प्रवेश गर्यौ । पहलिो चराणको सफल भइसकेको छ , अव दोस्रो चरणको निर्वाचनमा पनि यसरी नै जनसहभागितासहित सम्पन्न गर्नुपर्छ । ’
आफुले सरकारको नेतृत्व सम्हालेपछि राजनीतिक क्षेत्रमा रहेका विमती हटाउने, संविधान कार्यनवयन र संविधानको सर्वस्वीकार्यता बढाउने, आर्थिक विकासकको गति दिने संकल्प गरेको भन्दै प्रचण्डले अप्ठ्यारा र चुनौतीका बीच राष्ट्रको एकता र सम्ृद्धिका लागि केही गर्न सकेकोमा सन्तुष्ट रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
फास्ट ट्रयाकको शिलान्याश गर्दै के–के भने प्रधानमन्त्रीले ?






