‘भारतीय राजदूतलाई देश निकाला गर्नुपर्छ’, मधेसी सांसदले गरे विरोध

एमाले सांसद यज्ञराज सुनुवारले ‘भारतीय राजदूत रणजीत रायले तराई–मधेस आन्दोलनको प्रवक्ता जस्तो बनेर बोल्दै हिँडेको भन्दै उनलाई देश निकाला गर्नुपर्ने’ बताए ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय नाकाबन्दीकाविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान ढिला गरिएको भन्दै असन्तुष्टी जनाए ।

यस्तै, कांग्रेस सांसद पूर्णबहादुर खड्काले दक्षिणले मुठी कसेको र उत्तरले मुठी खोल्न आनाकानी गरेको अवस्थामा सबै गम्भीर हुनुपर्ने धारणा राखे ।