संविधान संशोधन विधेयक अहिलेकै अवस्थामा मोर्चाले नमान्ने

morchaकाठमाडौं- सुशील कोइराला सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक पास गर्न मधेसी मोर्चाले अस्वीकार गरेको छ ।

आफ्नो सरकारले व्यवस्थापिका संसदमा पेस गरेको संविधान संशोधन विधेयक पास गराउनका लागि समर्थन खोजेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निरास बनाइदिएको छ।

मोर्चाआबद्ध तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग संविधान संशोधन विधेयक पारित गराउनलाई समर्थन खोज्न गएको कांग्रेस उपसभापति प्रकाशमान सिंह र प्रवक्ता दिलेन्द्र बडूको टोली निरास बनेर फर्किएको हो।

मधेसी मोर्चाको समर्थन खोज्दै कांग्रेस नेता सानोठिमीस्थित ठाकुरनिवास पुगेका थिए।