काठमाडौं- राजधानीको एक पार्टी प्यालेसमा दुई दिनसम्म चलेको ‘नयाँ शक्ति अभियान’ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई संयोजकमा चयन गरेको छ ।
राष्ट्रिय सम्मेलनले नयाँ शक्ति निर्माण प्रक्रियालाई देशव्यापी बनाउने निर्णय गर्दै जिम्मेवारी तोकेको छ । उसले संघीय प्रदेश अनुसार नै अभियानको नेतृत्व तोकेको छ ।
भेलाले प्रदेश १मा नयाँ शक्ति निर्माण अभियानलाई सञ्चालन गर्ने जिम्मा राजेन्द्र किरातीलाई दिएको छ । अब प्रदेश १ मा किरातीको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।
भेलाले प्रदेश २ मा नयाँ शक्ति अभियान सञ्चालन गर्ने जिम्मा रामचन्द्र झालाई सुम्पेको छ । प्रदेश ३ मा गंगानारायण श्रेष्ठले नयाँ शक्ति अभियानको बागडोर सम्हाल्ने छन् भने प्रदेश नं. ४ मा देवेन्द्र पराजुलीले अभियानको नेतृत्व पाएका छन् ।
प्रदेश नं ५ मा वामदेव क्षेत्री तोकिएका छन् । भक्तबहादुर शाह प्रदेश नं। ६ मा र कार्यालयबाट हेर्नेगरी प्रदेश नम्बर ७ को जिम्मेवारी नवराज सुवेदीलाई तोकिएको छ ।
भेलाले जबस हेर्ने जिम्मा कुमार पौडेललाई दिएको छ । हिसिला यमीले अन्तर्राष्ट्रिय विभाग हेर्नेछिन् भने जातीय मोर्चा रामकुमार शर्माले सम्हाल्नेछन् ।






