सुटुक्क चीन गएका आपूर्तिमन्त्रीले के कोसेली ल्याए ?

ganesh man punकाठमाडौं- एकाएक चीन पुगेका वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन स्वदेश फर्केसँगै इन्धन अभावमा छटपटिएका सर्वसाधारणले केही अपेक्षा गरेका थिए ।

आपूर्तिमन्त्री फिर्तिसँगै केही सकारात्मक र आशावादी समाचार आएका छन् । तर, कार्यान्वयनमा नगएसम्म विश्वास गरिहाल्न कठीन छ ।

स्वदेश फर्केलगत्तै संवाददाताहरुसित कुरा गर्दै मन्त्री पुनले नेपालका लागि आवश्यक पुरै इन्धन बिक्री गर्न चीन तयार भएको जानकारी दिए। मन्त्री पुनले आवश्यक परे पाइपलाइन समेत बनाउन चीन सरकार सहमत भएको बताएका छन् ।

दीर्घकालीन रूपमा समस्या समाधान गर्न पाइपलाइन अत्यावश्यक रहेको आपूर्तिमन्त्रीको भनाइ छ । उनका अनुसार चीनबाट पेट्रिल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने छ । आयात गर्दा केही कठिनाइ र चुनौती भए पनि इन्धन भित्र्याइने मन्त्रालयको दाबी छ ।

मन्त्रालयका अनुसार व्यावसायिक रूपमा इन्धन ढुवानी प्रक्रिया मिलाउन मन्त्रालय र सरकारी टोली शुक्रबार चीन प्रस्थान गर्ने मन्त्री पुनले बताए ।

भारतको अघोषित नाकाबन्दीले जनजीवन कष्टकर बन्दै गएको छ ।