लन्डन ट्रेन स्टेसनमा छापा, दुई नेपालीसहित चार पक्राउ

arrestलन्डन- लन्डन ट्रेन स्टेसनमा प्रहरीले बुधबार छापा मारेको छ ।

त्यसक्रममा दुई नेपाली विद्यार्थीसहित चार पक्राउ परेका छन् । पक्राउ परेका नेपालीको परिचय खुलेको छैन । उनीहरुको भिसा नभएको बताइएको छ ।

नेपालीसँगै एक भारतीय र एक श्रीलंकाली विद्यार्थी पनि समातिएका छन् ।