एनआरएन यूकेले नेपालमा अत्यावश्यक औषधि पठाउने

लण्डन । नाकाबन्दीका कारण नेपालमा उत्पन्न औषधि सामग्रीको अभावलाई मध्यनजर गर्दै एनआरएन यूकेले सहयोग गर्ने भएको छ । एनआरएन यूकेको आइतवार बसकेको बैठकले उक्त निर्णय गरेको हो ।

सो परियोजका लागि बैठकमा ७ लाख १५ हजार नेपाली रूपियाँ संकलन भएको एनआरएन यूके जनाएको छ । सो रकमलाई बढाएर करिब २० लाख पु-याउने लक्ष रहेको छ ।

अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न संघको बैठकमा ७ लाख १५ हजार नेपाली रूपियाँ संकलन भएको एनआरएन यूकेले जनाएको छ ।

जसका लागि अध्यक्ष मुछेत्र गुरुंगले १ लाख गरेका छन भने ५० हजार रुपियाको सहयोग गर्नेहरुमा उपाध्यक्ष दासुराम पाण्डे,कोषाध्यक्ष दीपक श्रेष्ठ, सहकोषाध्यक्ष ललित न्यौपाने र सदस्य राजेश पाठक , सदस्य सुरज मास्केले ३० हजार सहयोग गर्ने भएका छन ।

साथै फणिन्द्र भट्टराई, कुमारी गुरुंग, रिचर्ड गुरुंग, नारायण गाउंले, योग फगामी र कृष्ण तिवारीले २५ हजार , त्यसै गरि हरि आचर्य, सुशिला राई, शालिक सापकोटा, पदम रावल, मिलन गुरुंग, अर्जुन कटुवाल, विजयविक्रम लिंगदेन लगायतले २० हजारको सहयोगका लागि प्रतिबद्धता गरेका छन ।