चीनबाट सत्ताइस ट्याङ्कर इन्धन नेपाल भित्रियो

tel-lina11111

काठमाडौं, कार्तिक २२ । चीन सरकारले नेपाललाई अनुदान दिएको पट्रोलियम पदार्थमध्ये २७ ट्याङ्कर (आइतबार)आज नेपालको उत्तरी सीमा रसुवागढीबाट भित्रिएका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अनुसार गत १४ गतेदेखि आजसम्म ७१ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ लिएर नेपाल भित्रिइसकेको छ ।

दुईवटा ट्याङ्कर भने केरुङमा तेल भर्नका लागि केरुङतर्फ गएको र पेट्रोलियम पदार्थ बोकी आएका २७ ट्याङ्कर भोलि काठमाडौँ पुग्ने सशस्त्र प्रहरीले जनाएको छ । रासस