ख्रिष्टियन समुदायको महत्वपूर्ण पर्व ख्रीष्टमसको पूर्व सन्ध्यामा शान्ति र सद्भावका लागि आज मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । तीनकुनेबाट सुरु भएको ¥याली शान्तिनगर, मीनभवन, नयाँबानेश्वर, बबरमहल, माइतीघर हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको हो । ¥यालीको आयोजना राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालले गरेको हो ।
¥यालीको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्पीडित जाति, समुदाय, वर्ग र क्षेत्रलगायत सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गरी निर्धारित समय माघ ८ मा नै संविधान जारी हुने बताउनुभयो । सोही अवसरमा महासङ्घका महासचिव सिवी गहतराजले बहुमतीय आधारमा भन्दा पनि सहमतिको आधारमा जतिसक्दो चाँडो जनताको चाहनाअनुरुपको संविधान जारी गर्न आग्रह गर्नुभयो ।
शान्ति र सद्भावका लागि मोटरसाइकल जुलुस






