गायनमा चम्कंदै राज

जेनी भट्टराई,

raj khadkaलण्डन ।नेपाली सांगीतिक फांटमा नयां प्रतिभा जन्मने क्रम जारी छ । त्यसैको पछिल्लो उदाहरण हुन् नवोदित गायक राज खड्का । संगीत क्षेत्रमा लागेको करिब ५ वर्ष अवधिमा उनले आफ्नो बेग्लै छाप बनाइसकेका छन् । हालैमात्र उनका दुई वटा गीतको म्यूजिक भिडियोले अहिले बजार लिइरहेको छ । यूट्युवमा रहेको भिडियो मलाई प्रेम सराव भो…को गीतमा उनको आफ्नै स्वर, शब्द र संगीत छ ।

दशैं पर्वलाई लक्षित गर्दै ल्याइएको गीत टीका र जमरा…बोलको गीतले पनि बजार लिएको राज बताउंछन् । त्यस गीतमा राजको संगीत तथा लोकप्रिय गायिका देवी घर्ती र नवोदित गायक विक्रम माझीको स्वर समावेश छ । उक्त गीतको म्यूजिक भिडियोमा राज आफैं र दिपिका थापा एवं सरगम खरेलले अभिनय गरेका छन् ।

प्रेम सराव भो र दशैं गीत दुवैको म्यूजिक भिडियो निर्देशन ज्ञानेन्द्र थापा र विवेक तिमल्सिनाले गरेका हुन् । खोटांगमा जन्मिएपनि उनको परिवार अहिले बिराटनगरमा छ । तर, राज १२ वर्षको कलिलो उमेरदेखि नै काठमाण्डौंमा संघर्ष गर्दै आएका छन् । उनले यसअघि कलेक्सन एल्बममा तीनवटा गीत गाइसकेका छन् । संघर्ष र नयां कुरा सिक्न सधैं उत्सुक हुने उनले भविष्यमा संगीत र अभिनय एकसाथ लैजाने सपना सांचेका छन् ।