चीनबाट इन्धन ल्याउन लाग्दा भारतीय मिडियामा खैलाबैला मचियो

काठमाडौँ ७ कतिक । एक महिना देखि भारतले लगाएको नाकाबन्दी खोल्ने संकेत नदेखाएपछि सरकारले चीनबाट इन्धन आपुर्तिको प्रक्रिया अघि बढाएको छ । सरकारको पहलमा आपुर्ति मन्त्रालयले चीनसँग इन्धन आपुर्तिकालागि आग्रह गरेपछि सरकारी तहबाटनै चीनबाट इन्धन ल्याउने प्रक्रिया अघी बढेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनबाट तत्काल प्राप्त हुने इन्धन रसुवागढी–केरुङ नाका हुँदै ल्याइने छ ।

Indian-Media-raction

उप-प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीले कमल थापाले कूटनीतिक माध्यममार्फत शनिबारै चीनलाई औपचारिक पत्र पठाएका थिए । नेपालबाट पत्र पुगे लगतै चीनको वाणिज्य मन्त्रालयले कारबाही प्रक्रिया अघि बढ्ने छ । चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रिया औपचारिकरुपमा नै अघी बढेपछि भारतीय संचारमाध्यममा तरंग पैदा भएको छ ।भारतका सबै अनलाइनले नेपालले चीनबाट इन्धन आपुर्तिको प्रक्रिया अघि बढाएको संचारमाध्यममा विभिन्न हेडलाइन बनेका छन् ।

Indian-Media-raction-1