कांग्रेसमा राष्ट्रपतिको बलियो उम्मेद्वार कोइराला

SushilKoirala_AFPकाठमाडौं २७ असोज। कांग्रेसबाट सम्भावित उम्मेदवार सभापति सुशील कोइरालाले इच्छा गरेमा उनी राष्ट्रपतिको सबैभन्दा बलियो उम्मेदवार हुन् ।

आगामी महाधिवेशनबाट पार्टी सभापति बन्ने योजनामा रहेका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पनि कोइरालाको विरोध गर्ने छैनन् । तर, कोइराला आफौले यसबारे अझै मुख खोलेका छैनन् । समावेशी ढंगले उम्मेदवार छानिए पुराना नेता केबी गुरुङ, मानबहादुर विश्वकर्मा र पद्मनारायण चौधरी पनि सम्भावित उम्मेदवार रहेका छन् ।