घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने प्रस्ताव अस्वीकृत

Dashain
काठमाडौं , २२ असोज । सरकारले घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत गरेको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि गृह मन्त्रालयले सरकारी कार्यालयहरुमा घटस्थापनादेखि  पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद् बैठकले प्रस्ताव अस्वीकार गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।