काठमाडौं, १४ असोज । यसवर्षको मनसुन सकिएको छ । सामान्यता सेप्टेम्बर २३ तारिखमा मनसुन सकिने भएपनि एक हप्ता ढिलो गरी मनसुन सकिएको हो ।
उच्चचापीय क्षेत्रको विकास र पश्चिमतिरबाट आउने वायुको गति तीब्र हुन थालेपछि मनसुन सकिएको घोषणा गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशभरको मौसम सफा रहने अनुमान छ ।
बेलुकापख भने पूर्वी पहाडी क्षेत्रमा स्थानिय वायूको प्रभावले आंशिक बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।






