काठमाडौं – इन्धन अभाव भएपछि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई नेपाल आयल निगमले मंगलबार अपराह्नदेखि तेल नदिने भएको छ । अब उनीहरुले दिल्ली, लखनउ, ढाका र बैंकक विमानस्थलाम टेक्निकल ल्यान्डिङ गरी तेल भर्नेछन् । नेपालमा हाल २७ वटा एयरलाइन्सले दैनिक उडान भर्दै आएका छन् ।
भारतले नेपालमा पेट्रोलियम तथा उपभोग्य बस्तु पठाउन रोकेपछि निगमले अन्तर्राष्ट्रिय उडानका जहाजलाई मंगलबारदेखि इन्धन दिन नसक्ने जानकारी गराइसकेको थियो । नागरिक उड्डयन प्राधिकरणमार्फत उसले विदेशी एयरलाइन्सलाई उपयुक्त विकल्प खोज्न भनेको थियो, आजको कारोबार दैनिकमा खबर छ ।






