काठमाण्डाै १२ असाेज । भातको अघोषित नाकाबन्दीका कारण दक्षिणी सीमामा अत्यावश्यक सामग्री आपूर्ति रोकिएपछि सरकार र राजनीतिक दलहरुले उत्तरतर्फको नाकालाई महत्त्व दिँदै सुचारु गराउन पहल थालेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्र, गृह र अर्थ मन्त्रालयलाई उत्तरी दुवै नाका सुचारु गर्न निर्देशन दिएका छन् भने एमाओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राजदूत ऊ छुन्थाईलाई निवासमै बोलाएर चीनबाट अत्यावश्यक सामग्री ल्याउनका लागि नाका खुलाउन सहयोगका लागि आग्रह गरेका छन् । अ
न्य राजनीतिक दलका नेताहरुले पनि चिनियाँ राजदूतलाई केही दिनदेखि यस्तै सहयोगको आग्रह गरिरहेका छन् ।
चिनियाँ राजदूत छुन्थाइले सीमा नाका सुचारु गर्न निनियाँ पक्ष अग्रसर रहेको जानकारी दिएका छन् ।






