काठमाडौं, असोज ९ । अमेरिका र चीनबीच साइबर अपराधको मुद्दा सम्बोधन गर्न नयाँ कदम चाल्ने सहमति भएको छ ।
ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफूहरुबीच साइबर वित्तीय जासुसीमा संलग्न नहुने सहमति भएको जानकारी दिए ।
उनले चीनमाथि लाग्दै आएको साइबर अपराध बढ्दै गएमा त्यसले नाकाबन्दी निम्त्याउन सक्नेसमेत जनाए । सहमतिले वित्तीय गोप्यता समेटे पनि राष्ट्रिय सुरक्षा सूचनालाई नसमेटेको बताइएको छ ।







