![!$cf}+ lbgdf h'; lkP/ cg;g tf]8]kl5 ;~rf/sdL{;Fu s'/f ub}{ 8f= uf]ljGb s];L . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/1441539110859_RoS-Ktm-Govinda-KC-6.jpg)
छैठौँ अनशनले बिग्रिएको स्वास्थ्य तङ्ग्रिन नपाउँदै असोज २ गते शनिबार दिउँसोबाट सातौँ अनशन सुरु गर्नुभएका डा केसीको रक्तचाप र श्वासको गति उच्च हुँदै गएको उनको उपचारमा संलग्न प्रा डा दिव्यसिंह शाहले जानकारी दिए ।
तीन वर्षको अवधिमा चिकित्सा शिक्षा सुधारका लागि ६४ दिन अनशन बसिसक्नुभएका प्रा डा केसीलाई नर्मल स्लाइन दिइरहेको र उहाँको पिसाबमा समस्या देखिएको डा शाहले उल्लेख गरे ।
पछिल्लो पटक माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै भदौमा प्रा डा केसी १४ दिनको अनशन बसेका थिए । प्रा डा केसीले उठान गरेका माग र भावनालाई सरकारले राम्ररी बुझ्न नसकेको उनका सहयोगी प्रा डा जीवन क्षेत्रीले बताए ।
पछिल्लो पटक सरकारले शिक्षा मन्त्रीको संयोजकत्वमा गठन गरेको चिकित्सा शिक्षासम्बन्धी आयोग र सो आयोगका सदस्यका बारेमा प्रा डा केसीेको असहमति छ । रासस






