काठमाडौं, असोज ८ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरुले शुक्रबार काठमाडौंस्थित भारतीय राजदूतावासमा धर्ना दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दूतावासको मुल गेट अगाडि धर्ना दिएका हुन् ।
उनीहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्दै ‘नेपालको आन्तरिक मामिलामा हस्पक्षेप बन्द गर’, ‘आपूर्ति नियमित गर’ जस्ता नारा लगाएका थिए ।







