लण्डनमा च्याते नयाँ संविधान

black day

लण्डन । नेपालको संविधान २०७२ जारी भएकामा बेलायतस्थित नेपाल आदिवासी जनजाति महासंघ यूके, संघीय समाजवादी फोरम पार्टी निकट नेपाली संघीय समाज यूके, जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी, मधेशी इन यूके लगायतका दल तथा संगठनले विरोध प्रदर्शन गरेका छन ।उनीहरुले लण्डनको मुटु ट्राफगल स्क्वायरमा भेला भएर संिवधान जलाएर र च्यातेर विरोध जनाएका छन ।

नयां संविधानमा पहिचानको पांच र सामर्थ्यकाे चार आधारमा राज्यको पुनसंरचना नभएको, आदिवासी जनजातिको बाहुल्यता र पहिचान गाँसिएका क्षेत्रहरुलाई भूमाफियाले जस्तो गरी क्लष्टर छुट्याएर भाग लगाइएको आरोप लगाउंदै संविधान जलाइएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य भगवान चाम्लिंगले बताए ।
भूपू गोरखाका सन्तानहरुलाई दोहोरो नागरिकताको व्यवस्था संविधानमा नगरिएको, धर्म निरपेक्षताको गलत व्याख्या गरिएकोले संविधान च्यात्नु परेकाे चाम्लिंगले थपे ।

उनीहरुले संिवधान जारी हुने आजको दिनलाई ‘कालो दिन’ मनाउने भन्दै कालो झण्डा र ब्यानरसहित प्रदर्शन गरेका छन ।